Thursday, July 9News That Matters

१६ नं वडाको बिकट ठाउँ तिनधारे आँपडाँडाँमा बत्ति पुग्यो, विद्युतमैत्री बन्दै वडा

पूर्णपुष्टि, पुष ९
१६ नं वडामा पर्ने बिकट ठाउँ आँपडाँडाँ तिनधारेका जनताहरुको पहिलो मागलाई त्यहाँका जनप्रतिनिधिहरुले सम्बोधन गरेको छ । त्रियुगा नगरपालिकाकै बिकट ठाउँको रुपमा रहेको १६ नं वडामा पर्ने तारेभिरको काखमा अवस्थित तिनधारे आँपडाँडाँका जनताहरुले बत्ति बाल्न पाए सँगै उनिहरुको मुख्य माग सम्बोधन भएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार स्थानीय चुनावकै वेला त्यस क्षेत्रका जनताहरुले विद्युतलाई पहिलो प्राथामिकतामा राखेर आफुहरु सित उज्यालो वस्तीको माग गरेका थिए । सोही माग अनुसार वडाको बत्ति पुराउने पहल कदमीले त्यहाँ बत्ती बल्न सफल भएको छ । उक्त ठाउँमा वडाअध्यक्ष मान वहादुर राईसहितको जनप्रतिनिधिहरुले शुक्रबार विद्युत विस्तार कार्यक्रमको उद्घाटन समेत गरिसकेको अवस्था छ । बत्ति उद्घाटन सँगै स्थानीयहरुले जनप्रतिनिधिहरुबाट माग पुरा भएको जनाए ।

आफ्नो बिकट ठाउँमै पनि बत्ति बलेको भन्दै त्यहाँका जनताहरुले खुसी व्यक्त गरेका छन् । उनिहरुले पुरा एक रात जनप्रतिनिधिहरु सित नाचगान सहित खुसी समेत साटेका छन् । स्थानीयहरुले उज्यालोमा वस्न पाएपछि विकासको अनुभुति समेत गरे । वत्ति बल्ने गाडी गुड्ने ठाउँहरुलाई मधेश र विकास भन्ने जनताहरुले अब आफुहरु पनि विकसित क्षेत्रमा बस्ने जनताको रुपमा महसुस गरेको जनाए । बत्ति वले सँगै उक्त क्षेत्रका २५ घर पुर्ण लाभांन्वीत भएका छन् । वडाअध्यक्ष मान वहादुर राईका अनुसार त्यस क्षेत्रमा दलीत र जनजातिहरुको बसोवास रहेको जनाए । केहिी घर राई मगर र बाँकी सबै दलित वस्तीहरु रहेको राईले जनाए । त्यहाँका पिछडीएका जनताहरुले विकासको महसुस गर्न पाएकोमा बत्ति बाल्न पहल कदमिमा होमिएका सबै सम्बन्धित निकायहरुमा अध्यक्ष राईले खुसी तथा धन्यवाद व्यक्त गरे ।

बिकट ठाउँ र दलित वस्तीहरुमा वडाको प्राथामिकता

वडा भित्रकै अति बिकट क्षेत्र रहेको उक्त क्षेत्रमा वडाले बिषेश प्रथामिकता राखेर काम गर्दै आएको । समृद्ध र खुसी नेपालीको नारा लागु हुने गरी बिकास उन्मुख क्षेत्रलाई भन्दा पनि अबिकसति क्षेत्रलाई विकास गरी सबैखाले जनताहरुको स्तर उठाउन वडाले बिकट क्षेत्रलाई प्राथामिकतामा राखेको छ । उसोत १६ नं वडा त्रियुगा नगरपालिकाकै बिकट वडाको रुपमा पर्ने वडा पनि हो । याहाँ भौगोलीक बिकटताका कारण विकास गर्न उत्ति सहज छैन । यस आँपडाँडाँ तिनधारे वडाको अत्यादिक बिकट क्षेत्रमा पर्छ । यहाँ मिलेको ठाउँ वा वस्ती छैन् । जताततै भिर पाखाले ढाकेको छ । सबै तर्फ पहिरोले घरिएको क्षेत्र हो आँपडाँडा तिनधारे । यसलाई तारेभिरको रुपमा पनि चिन्ने गरिन्छ ।


वडाको उत्तरी पहाडी भेकमा रहेको उक्त ठाउँका जनताहरु नजिक विकास लैजान यहाँका जनप्रतिनिधिहरुलाई असाध्यै कठिन छ । त्यहाँका स्थानीयहरुले चुनावका वेला उठाएका विद्युत वाहेकका अन्य मागहरुलाई पनि वडाले सम्बोधन गर्दै आएको छ । यहाँ विद्युत पछि शिक्षा र सडकको माग जनताहरुले राखेका थिए । विद्युत विस्तार सँगै वडाले सडक पनि विस्तार गरेको छ भने शिक्षा अन्तरर्गत तिनधारे आधारभूत विद्यालयनै संञ्चालन गरी पठनपाठन सुरु गरेको छ । यहाँका जनप्रतिनिधिहरुको जनता प्रतिको उत्तरदायीपूर्ण कार्यकै कारण वडाको विकट गाउँहरुमा पनि विकासको सुरुवात भएको महसुस गरिएको छ ।

पूर्ण विद्युतिकरण वडा घोषणाको अन्तिम चरणमा

१६ नं वडा उज्यालो वडाको परिकल्पना अनुरुप पूर्ण बिधुतिकरण वडा घोषणा गर्ने नितिको अन्तिम चरणमा पुगेको छ । १४ ओटा टोलहरु रहेका यस वडाले अब बाँकी एउटा टोलमा मात्रै बत्ति पुराउन बाँकी रहेको अध्यक्ष राईले जनाए । उनले त्यस टोलका लागि पनि पहल कदमीहरु निरन्तर भैरहेको जनाए । बाँकी रहेको टोललाई पनि फुलफिल गर्दै चाँडै वडालाई उज्यालो तर्फ लैजाने वडाको भनाई छ । उज्यालो वडा अभियान तन्तर्गत प्रत्येक टोलहरुमा विद्युतको पहँच पुराउँदै पूर्ण विद्युतिकरण वडाका लागि बिभिन्न पहलहरुको काम धमाधम चलिरहेको छ । अध्यक्ष राईका अनुसार बिकट क्षेत्रहरुमा समेत वत्तीको पहुँच पुग्ने कामहरु अन्तिम चरणमा रहेको छ । विकासको मुख्य सुचको रुपमा पर्ने विद्युतलाई सबै टोलहरुमा जोडेर वडालाई विद्युतमैत्री घोषाणामा वडाले कुनै पनि कसरतहरु गरिरहेको अवस्था छ । यसका लागि जनप्रतिनिधि सँगै सम्पूर्ण निकायहरु खटिरहेको वडाका भनाई छ । वडाको तामे र मन्धने टोलमा बत्ती पुगे सँगै वडाको सबै ठाउँमा बत्तिको पहुँच पुग्ने अध्यक्ष राईले जनाए ।

बाँकी धौरीको मझिनेटारमा पनि केहिँ स्थानमा बत्ति पुग्न बाँकी रहेको छ । शुक्रबार मात्रै वडाले बिकट क्षेत्र तिनधारे आँपडाँडाँमा बत्ति पुराए सँगै उज्यालो वडा घोषणाको काम अब अन्तिम चरणमा रहेको वडा सचिव महेश खनालले जनाए । उक्त विद्युत उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु वडाअध्यक्ष मान वहानुर राई, वडा सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य गोमा कार्की, वडा सदस्य कुन्ती परियार, वडा सचिप महेश खनाल, वडाका इन्जीनियर बिष्णु बहादुर तामाङ र पशु ना.प्रा.स दिनेस प्रसाद पोखरेल लगायत बुद्धिजीवी, शिक्षक र स्थानीयहरुको ठुलो सहभागीता रहेका थिए ।