Sunday, June 21News That Matters

१६ नं वडामा आज १३ जना संक्रमित

पूर्णपुष्टि, जेष्ठ १६

त्रियुगा नगरपालिका भित्रका वडाहरु मध्यकै निकै ठुलो संक्रमित फेला परेको  वडा नं १६ मा आज फेरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । वडाअध्यक्ष मान वाहादुर राईले वडामा पुरुष ७ र महिला ६ गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको जनाउनुभयो । अध्यक्ष राईका अनुसार एन्टिजेन बिधिबाट ५५ जनाको परिक्षणमा १३ जनालाई संक्रमण देखिएको हो ।

जनताहरुको स्वास्थ्य सुरक्षाको सेवामा लाग्दा लाग्दै अध्यक्ष राई आफै पनि कोरोना बाट ग्रसित हुनुहुन्छ । यस्तो अवस्थामा पनि जनताहरुलाई सुरक्षित राख्ने समयलाई महसुस गर्दै वडावासीहरुलाई परिक्षणको मात्र बढाएर कोरोना चेक गराईरहेको अध्यक्ष राईले बताउनुभयो । राईले आज बेल्दोभान र जाँतेमा परिक्षण गराइएमा जाँतेमा १० जना र बेल्दोभानमा ३ जना संक्रमित फेला परेको बताउनुभायो । अध्यक्ष राई अहिले आफै पनि होम आईसोलेसनमा बसिरहनु भएको छ ।