Wednesday, August 5News That Matters

१६ नं. वडाले संक्रमितको घरघरमै औषधीसहित स्वास्थ्य सामग्री पुर्यायो

पूर्णपुष्टि, जेठ ६ । त्रियुगा नगरपालिकाको वडा नं. १६ले कोरोना संक्रमितहरुलाई आज अति आवश्यक स्वास्थ्य सामग्रीका साथै औषधी घरघरमै उपलब्ध गराएको छ । होम आइसुलेशनमा बसेका उनीहरुलाई घरघरमै पुगेर स्थानीय स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । वडालाई छिट्टै कोरोना मुक्त बनाउने लक्षका साथ लागी परेको उहाँले बताउनुभयो । वडामा ३० जनालाई संक्रमित छन् ।