
झापा, मंसिर २० गते ।
झापाको मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ती गाउँपालिका–३ को सिमानामा पर्ने धाईजन चोकमा बोलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ । मेची राजमार्ग अन्र्तरगत पर्ने चोकमा बोलेरो र गाडीको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीय हरिप्रसाद न्यौपानेको मृत्यु भएको हो ।
विर्तामोडबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश न. १–०१ र ००१ ज ३४०० नम्बरको बोलेरो र उक्त दिसा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको गाडीले विहान साँढे ६ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएका बृद्धको उपचारको क्रममा वि एण्डसी अस्पताल विर्तामोडमा विहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने दुवै सवारी साधन र चाकल प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुधबारेले जाएको छ ।
