Sunday, June 28News That Matters

२५ लाख बराबरको घडी बरामद

पूर्णपुष्टि,फागुन ५

सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विदेशी घडीसहित एक जना युवकलाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका–४ बाट गौर नपा–५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले २५ लाखको घडीसहित खानलाई नियन्त्रण लिएको छ ।

प्रहरीले ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको थियो । बरामद  घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ ।

खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएको छ ।