Tuesday, June 30News That Matters

३ ट्रक अवैध काठ पक्राउ

पूर्णपुष्टि, असार २६ 

रौतामाईको मुर्कुचीबाट अवैध ३ ट्रक काठ पक्राउ परेको छ । रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट सप्तरीको भारदहतर्फ लैजान लागेको अवैध तीन ट्रक काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा काठ लादैगरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले बुधबार राती करिब ८ बजे ना ३ ख ९४१९, ना ४ ख ८३८४ र ना ४ ख २१२४ नम्बरको तीन वटा ट्रक, ट्रक चालक, सह–चालक र काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्रक, ट्रकमा लोड गरेको गोलीया काठ, ट्रक चालक र सह–चालकलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय कटारी बुझाएको जिप्रका उदयपुरले जनाएको छ ।