
पूर्णपुष्टि,मंसिर २७
नवलपरासीमा ३ लाख ८५ हजार रुपैयाँसहित कौडा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपुरको देवचुली नगरपालिका–१ मा रहेको मेघापार्कबाट कौडा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
देवचुली–१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका–२ का सन्दीप गुरुङ, वडा नम्बर–११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
