Tuesday, June 9News That Matters

४२ लाख रुपैयाँसहित १ जना पक्राउ

पूर्णपुष्टि, फागुन २८

भक्तपुरमा स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ परेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले त्यो रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने जनाएको छ ।