Tuesday, June 23News That Matters

५ जनाको रिपोर्ट नेगेटिभ २ जनाको आउन बाँकी

पूर्णपुष्टि/चैत्र,२८

उदयपुरबाट स्वाबको लागि धरान पठाइएको ५ जनाको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बिरामी आसंका गरी स्वास्थ्य परिक्षणको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा नमुना संकलन पाठाइएको रिपोर्टमा ५ जनाको नेगेटिभ देखिएको छ भने बाँकी २ जनाको रिर्पोट आउन बाँकि रहेको छ ।

विदेशबाट आएका त्रियुगा नगरपालिकाका ४ जना र बेलका नपाबाट १ जनाको स्वाब परीक्षणका लागि धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो । शनिबार पठाएका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखा नपरी सकेको जनस्वास्थ्य कार्यलयको प्रमुख मोहन सुवेदीले बताउनुभयो । सुवेदीले जिल्लामा नरहेको भनेर ढुक्क नपर्न अनुरोध गर्दै यसको संम्भावना भने अत्यादिक रहेको बताउनुभयो । उहाँले सबै सर्वसाधरणहरुलाई सुरक्षित घरभित्रै बस्न समेत अनुरोध गर्नुभएको छ ।

प्रमुख सुवेदीका अनुसार जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना महिलाहरु क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो ।