Friday, July 17News That Matters

६ महिना देखि ‘लिभिङ टुगेदर’मा बस्दै आएकी युवतीको कुटपिट गरी हत्या

पूर्णपुष्टि,जेष्ठ २४ । काठमाडौं महानगरपालिका –२६, भगवती बहालस्थित ठमेलमा एक जना युवतीको हत्या भएको छ । मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

प्रहरीका अनुसार उनीहरु ६ महिनादेखि लिभिङ टुगेदरमा जनाएको छ । तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्‍याएको पाइएको एसपी रिजालले बताए ।

तामाङलाई महाराजगञ्जस्थित अस्पतालमा मंलवार दिउँसो साढे ३ बजे पुर्‍याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान थालेको एसपी रिजालले जानकारी दिए ।