
भदौ २८ गते ।
मनाङको हुम्डे विमानस्थल बन्द भएको ६ वर्षपछि शुत्रबारबाट पुन संचालनमा आएको छ । जहाज पुगेको छ । ङिस्याङ गाउँपालिका–४ हुम्डेको हुम्डे विमानस्थलमा गण्डकी प्रदेशको समन्वयमा समिट एयरको हवाइजहाजले उडान भरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग–पर्यटन– वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रुलाई लिएर समिट एयरको जहाज हुम्डे विमानस्थल पुगेको थियो ।
आगामी असोज १० गतेबाट नियमित हवाईले उडान भर्ने जनाईएको छ । उक्त विमानस्थल संचालनमा आएपछि स्थानियबासीहरु उत्साहित भएका छन् । लामो समयसम्म हवाई सेवा अबरुद्ध हुँदा नागरिक, पर्यटक, कर्मचारीले ठूलो समस्या भोग्नु परेको थियो ।
अव मनाङ–पोखरा र पोखरा–मनाङ नियमित उडान हुने जनाईएको छ । पर्यटकिय सिजन सुरु तथा दशैँ तिहार नजिकएकै बेला विमानस्थल सांलनमा आएको पालिकाले जनाएको छ । विमान स्थल संचालन भएपछि स्थानिय, पर्यटकलाई सहज हुने छ ।
