Wednesday, June 10News That Matters

६५ औं प्रहरी दिवसमा रक्तदान कार्यक्रम

पूर्णपुष्टि, असोज २८

६५औ प्रहरी दिवसको अवसरमा आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा रक्तदान कार्यक्रयम गरिएको छ ।
कोरोना संक्रमणको कारण देशैभर रगतको कमी भईरहेको बेला रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो

रगत अभावका कारण विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आईरहेको रगतको अभावले उपचारमा विरामीलाई समस्या नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
रक्तदान कार्यक्रम भईरहेको अवस्थामा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवस्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको  थियो ।

आज १ सय १ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको थियो ।