
असोज ५ गते ।
जिल्ला कारागार इलाममा ७६ कैदीबन्दी एकैसाथ बिरामी परेका छन् । एकैसाथ ७२ पुरुष र ४ महिला ७६ जना कैदीबन्दी बिरामी परेका हुन् ।
ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण विरामीमा देखिएको छ । ‘एकै पटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको कारगार प्रशासनले जनाएको छ ।
सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानाएको छ । एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।
