
साउन ३१ गते ।
युरोपियन देश पठाईदिन्छु भन्दै ८ सय भन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका रामबहादुर खड्का पक्राउ परेको हो ।
ठगी गर्नका लागि खड्काले छुट्टा छुट्टै नाममा पाँचवटा फेसबुक आइडी बनाएको पाइएको प्रहरीले जनाएको छ । महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा फेसबुक एकाउण्ट खोलेर साथी बनाउँदै खड्काले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
