
पूर्णपुष्टि, जेठ २७ ।
उदयपुरको त्रियुगा नगरपालिका १३ मा एक ब्यक्ति आज मृत अवस्थामा फेला परेको छ । दिउसो पाउने ४ बजेको समयमा त्रिनपा ९ का अन्दाजी ४५ वर्षिय नारायण दनुवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
एकब्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल शब पठाएको छ । दनुवारको मृत्युको कारण अहिले खुलिसकेका छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।
