
पूर्णपुष्टि, असार ६
एक ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा स्थानीय राउदगार यादवकी ८ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो ।
शुक्रबार घाँस काट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा शव फेला परेको जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ ।
मृतकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गराई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
