
पूर्णपुष्टि, २६ मंसिर ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) को त्रियुगा नगर सम्मेलन सम्पन्न भएको छ । जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान अन्तर्गत उक्त अधिवेशन सम्पन्न भएको हो । शिव प्रसाद बास्तोलाको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारी सहित ५५ सदस्यीय नगर समिति समेत अधिवेशनले सर्वसहमत चयन गरेको छ । पार्टीका केन्द्रीय सदस्य केपी बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । चयन भएका कार्यसमितिलाई प्रमुख अतिथि बराल, अतिथि किरण राई, मोहन खत्री र मान वहादुर राई लगायतका अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।
