अज्ञात रोगले गोठ रित्तो

उदयपुर, मंसिर २१ गते । 

अज्ञात रोगले उदयपुरका एक कृषकको गोठ रित्तो भएको छ । रौतामाई गाउँपालिका–५ मझौलेका हर्क बहादुर राईको चार वटा गाई, गोरु अज्ञात रोगले मरेको हो ।

साँझ गोठमा सन्चै बाँधेको गाई, गोरु विहान घाँस लाउन जाँदा मृत अवस्थामा फेला पारेको राईले बताए । उनले भने ‘विहान घाँस लाउन भेर गोठ पुग्दा थलाको किलाको दाम्लाले साँझ जस्तो बाँधेको त्यस्तै अवस्थामा मरेको भेटे ।’

एक हल गोरु, एए काउ दुध दिदै गरेको (दुहुना) गाई र एउटा बहर गोरु मरेको उनले छ । एउटै गोठमा बाँधेको पाँच वटा गाई वस्तुमध्ये सानो बाछा मात्रै जिउँदो रहेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । अज्ञात रोगले गाई गोरु मरेको जनाकारी आएपछि घटना स्थल पुग्दा सानो बाछा मात्रै जिउदो भेटेको उनले बताए ।

बेलुका गोठमा सन्चै बाँधेको गाई, गोरुलाई कोदोको नल लगाई दिएको राईले जनाएको रौतामाई गाउँपालिकाका पशू शाखा कार्यालयका प्रमुख तथा नायव पशु प्राविधिक लक्ष्मण कार्कीले बताए । घटनाको प्रकृति हेर्दा फुड पोईज जस्तो देखिन्छ । तर ल्याव टेस्टको रिपोर्टपछि मात्रै के हो भन्ने एकिन हुने उहाले बताए ।पशु प्राविधिक कार्कीका अनुसार ‘एउटा गोरु सुतेको अवस्थामा नै मरेको छ । अरु गाई, गोरुहरु मुखमा ¥याल काढेर जिब्रो टोकी खुट्टा फालेको अवस्थामा रहेको छ । ‘हामीले मरेका गाई, गोरुको ल्याव टेस्टका लागि आवश्यक सेम्बल विराटनगर ल्यावमा पठाई सकेका छौँ ।’

ल्याव टेस्टको रिपोर्ट करिब सोमबार आउने भएकाले त्यसपछि मात्रै के कारणले गाई, गोरुको मृत्यु भएको भन्ने कारण खुल्ने कार्कीले बताए । पोष्ट मार्टम गरेर हेर्दा मरेका वस्तुको पेटमा पनि कोदोको नल भन्दा अरु विषालु कुनै घाँस नपाएको कार्कीले बताए । गाई गोठ वरिपरि पनि कुनै त्यस्तो विषालू घाँस नभएको उहाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: