Wednesday, June 10News That Matters

अध्यादेश तत्काल ख्यारेज गर्न प्रचण्डको माग

पूर्णपुष्टि, पुष १

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तत्काल ख्यारेजको माग गरेका छन् ।

दाहालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न तत्काल माग गरेका हुन् । ‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास रहेको दाहालले भनाई छ ।

दाहालले अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै ‘संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा, देशका सबै राजनीतिक दलले तुरुन्त संसद अधिवेशन बोलाउन भनिरहेको अवस्थामा पार्टी भित्र कुनै छलफल विनै अध्यादेश ल्याउनु चित्तबुझ्दो नरहेको बताउनुभयो ।

बैठक र पार्टीलाई जानकारी पनि नदिइकन कार्यदलको मर्म र भावनालाई समेत बेवास्ता गरेर संविधानको मर्म  स्पिरिटलाई लत्याउँदै, लोकतन्त्रको उपहास गरी अध्यादेश जारी गर्नु राम्रो नभएको दाहालको भनाई छ ।