Wednesday, June 10News That Matters

धाप्लाङको एक क्रसर उद्योगमा २ बम विष्पोट, संकास्पद ३ जनालाई पक्राउ गरी अनुसन्धान

रामवावु राई

पूर्णपुष्टि, मंसिर ३०

त्रियुगा नगरपालिका १४ धाप्लाङको एक क्रसर उद्योगमा बम विष्पोट भएको छ । धाप्लाङ स्थित कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा सोमबार राती अज्ञात समुहले दुई वटा वम विष्पोटन गराएको हो ।

६ जनाको संख्यामा राती १०ः१५ बजे आएको उक्त समुहले वम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्पोटनबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्पोटन गर्नु पुर्व सुरक्षागार्ड स्थानीय ६० बर्षिय कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको गौतमले बताउनुभयो । प्रतिकार गर्न खोज्दा तामाङ्गमाथि कुटपिट भएको उद्योगका प्रतिनिधि सुमन्त कोईरालाले बताउनुभयो । विस्पोटनबाट उद्योगको करिव १० लाख बराबरको धनमालमा क्षति पुगेको उनले कोईरालाले बताउनुभयो ।

उक्त समुहले विस्पोटनसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगोलगाउने प्रयास गर्दा स्थानीय आएपछि छोडेर भागेको सुरक्षागार्ड कर्णबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधी खोजी गरेका थिए, राती अकास्मात आएर मलाई पेस्तोल र खुकुरी देखाए प्रतिकार गर्न खोज्दा कुटपिट गरे ।’

घटना लगत्तै एसपी भिमबहादुर दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । बिस्पोटन भएको वम सुतली र सकेट हुन सक्ने प्रहरीको अनुमान छ । विस्फोटको कसैले जिम्मा लिएको छैन् । सगरमाथा लोकमार्ग अन्र्तगतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी उक्त अस्थायी क्रसर उद्योग स्थापना गरिएको हो ।

यसअघि एक महिनाको समयमा सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्र र ताप्लि गाउँपालिकालाई लक्षित गरी अज्ञात समुहले वम बिस्पोटन गराएको थियो । उक्त वमसमेत हालसम्म कसैले जिम्मा लिएको छैन् ।

बिहान ४ बजेको समयमा संकस्पदको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बेल्टार र इलाका प्रहरी कार्यालय बेल्टारले ३ जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

मोटरसाईकल सहित जिल्ला उदयपुर चौदन्डी न.पा. ८ बस्ने बर्ष २३ को एम्बि पुलामी मगर, बर्ष. ३२ को यम्बर बहादुर मगर र बर्ष १८ को दिपक क्षेत्री खत्रीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।