Monday, July 6News That Matters

ट्रक दुर्घटनामा सिन्धुलीका दुई युवाको मृत्यु

पूर्णपुष्टि, मंसिर ३०

ट्रक दुर्घटनामा सिन्धुलीका २ युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।