Sunday, March 16News That Matters

अनलाइन यौन व्यवसाय संचालन गरेको आरोपमा युवती पक्राउ

पूर्णपुष्टि, बैशाख ३१ । अनलाईन यौन व्यवसाय संचालन गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी रहेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको अनुसन्धाको क्रममा खुलेको छ ।

स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई ती युवतीले प्रयोग गरेको प्रहरीको भनाई छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवतीमाथि बालबालिका सम्बन्धि ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।