
पूर्णपुष्टि, जेठ १ ।
त्रियुगा नगरपालिका ५ दमौटिस्थित जनता माध्यामिक विद्यालयले नियम मिचेर गरेको शिक्षक नियुक्ती शिक्षा विकास तथा समन्वय इकाइले अनियमित ठहरेको छ । इकाइले पुनः विज्ञापन गरेर मात्र पदपूर्ती गर्न विद्यालयलाई पत्र काटेको छ । नियमानुसार पुनः विज्ञापन आव्हान गरेर मात्र शिक्षक नियुक्त गर्नुपर्ने भएको छ । उक्त नियुक्तीलाई नगर शिक्षाले मान्यता दिन खोजेको थियो ।
सो विद्यालयले करारका एक शिक्षकले स्थायीमा नाम निकालेपछि खाली ठाउँमा विज्ञापन नै नगरी बैकल्पिक उम्म्दवारकाे हैसियतमा नियुक्ती गरेको थियो । त्यसरी बैकल्पिक नामका ब्यक्तिलाई सोझै नियुक्ती शिक्षा ऐनले अनियमित ठहरे पछि पुनः विज्ञापन गरी पदपूर्ती गर्नुपर्ने भएको हाे । नियम मिचेर पदपूर्ती भएपछि सचेत अभिभावकहरुले सम्बन्धीत निकायहरुमा उजुरी गरेका थिए ।