
पूर्णपुष्टि, फागुन २४
अनेम संघ (समाजवदी) जिल्ला कमिटी उदयपुरले अन्तरक्रिया सहित भव्य अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । मंगलबार गाईघाट स्थित कन्चजजंगा गेष्ट हाउसको सभाहलमा बिभिन्न अन्तिरक्रिया कार्यक्रम सहित ११२ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो ।

कार्यक्रममा महिलाहरुको भुमिका आर्थिक र महिला लैँङगिक समनता भन्ने बिषयक अन्तरक्रिया समेत गरिएको अनेम संघ (समाजवादी) जिल्ला अध्यक्ष पशुपती चौधरीले बताईन् । उनिले हरेक क्षेत्रमा महिलाहरुको पनि उत्तिकै सहभागीता र अब्बल नेतृत्व हुनु पर्ने भन्दै अन्तरक्रिया गरिएको बताईन् । कार्यक्रममा महिलाहरुलाई पनि श्रमको उत्तिकै सम्मान र सुविधा हुनु पर्ने जनाएको छ । कुनै पनि क्षेत्रमा महिलाहरु अब पछि नहट्ने र पछि नपर्ने भन्दै नजिकिँदै गएको स्थानीय चुनावको नेतृत्वमा समेत महिलाहरुको भुमिकालाई यस अन्तरक्रियाले सहयोग पुराउने आयोजकले जनाए ।


