मनिषा आचार्य
केन्द्रिय सदस्य, अखिल क्रान्तिकारी
विद्यार्थी संगठनहरुमा मुख्यत चर्चा र कौतुहलताको विषय बनेको छ दुई ठुला राजनीतिक दल नेकपा एमाले र पूर्व नेकपा माओबादी केन्द्रको भातृसंगठनको एकता । दुई ठुला कम्युनिष्ट शक्तिहरु मिलेर नेपालको राजनीतिले इतिहासकै सर्वाधिक महत्वको र ठुलो फड्को मारेको छ । यिनिहरुको एकतासँगै आम नेपालीहरुले समृद्ध मुलुक चाहेका र कम्युनिष्ट शक्तिहरुले नेपाललाई समृद्ध बनाउने कुरामा ढुक्क त छन् फेरी अर्कोतिर आम नेपाली विद्यार्थी र उनका अभिभावकले पनि आशाका अनेकौ सपनाहरु देख्न थालेका छन् ।
दुई ठुला राजनीतिक शक्तिहरुको एकतासँगै उनका भातृसंगठनहरु अनेरास्ववीयू र अनेरास्ववीयू (क्रान्तिकारीको) एकता आखिरी चरणमा पुगेको छ । दुई ठुला विद्यार्थी संगठनहरुको एकतासंगै अब बन्ने सिङ्गो अनेरास्ववीयुले देशको समग्र सामाजिक, साँस्कृतिक, वातावरणीय, शैक्षिक, आर्थिक, भौगोलिक साथै धार्मिक क्षेत्रमा महत्वपूर्ण खम्बाको काम गर्ने कुरामा दुईमत छैन अबको अनेरास्ववीयुले सबै भन्दा पहिले शिक्षा क्षेत्रको समग्र विकासलाई ध्यानमा राखेर काम गर्नु पर्नेछ । हरेक विद्यार्थीहरुको औपनिवेशिक शिक्षा र शिक्षा क्षेत्रमा देखा परेका आर्थिक असमानताका खाडलहरुलाई पर्छ वैज्ञानिक समाजवादी शिक्षाका खातिर लड्नुपर्छ र संगठनका कार्यकर्तालाई समाजबादको परिभाषा धोकाउनेतर्फ लाग्नुको साटो अनी दर्शनका किताबका ठेलीहरुलाई खोजी खोजी अध्ययन गर्न लगाउनुको साटो गरिब जनतालाई दुईछाक खाना र शरीर ढाक्नेगरी एकसरो कपडा लगाउन सक्ने अवस्थाको सिर्जना गर्ने कुरामा अग्रसरता आवश्यक छ । देशमा रोजगारीका अवसरहरुको सिर्जना गर्दै, वेरोजगारी समस्याको हल गर्ने, सुकुम्बासी समस्याको हल गर्ने, अनाथ वालबालिकालाई उचित शिक्षा दिक्षा र बसोबासको लागि पहल गर्न, वृद्ध अपाङ्गको हितमा काम गर्न, समाजमा रहेका कुरीती कु–सरकार र अन्धविश्वासलाई निराकरण गर्नका लागि जनचेतनामुलक अभियान सगै युवा परिचालन गर्न, समग्र जनतालाइ अपरिहार्य शिक्षा, स्वास्थ्य यातायात उपलब्ध गराउन सक्ने व्यवस्था निर्माण गर्दै देशलाई विकासको उचाईमा दर्ज गराउने महत्वपूर्ण जिम्मेवारी अनेरास्ववीयुको हो ।
विद्यार्थी संगठनका नाममा भ्रष्टचारदेखि लुटपाट र गुण्डागर्दी गर्ने, समाजमा अराजक गतिविधि गर्ने सबैलाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारवाही गर्नसक्ने क्षमता अनेरास्ववीयुले राख्यो भने सबैको हित हुन्छ किनभने नेपाल यी र यस्तै गतिविधिहरुबाट आक्रान्त भएको देश हो, जहानिया राणा शासनका विरोधदेखी लिएर संघीय गणतन्त्र स्थापनादेखि यहाँसम्म आइपुग्दा विद्यार्थी आन्दोलनको ठूलो भूमिका र महत्व छ । विद्यार्थी आन्दोलनलाई अग्रभागमा राखी बलिदानीपूर्ण संघर्षको माध्यमबाट यो स्थानसम्म ल्याई पु¥याउन सफल यि दुई ठुला विद्यार्थी संगठनहरु अब एकै ढिक्कामा रहेर काम गर्ने र समग्र नेपालको शैक्षिक आन्दोलनलाई निचोड दिदै राष्ट्रियताको रक्षाको सवालमा सशक्त पहरेदारको रुपमा आफनो नाम, पहिचान र कामलाई स्वर्णिम अक्षर राख्ने लक्ष्य लिएको छ ।
नेपाली विद्यार्थी आन्दोलनले दिल बहादुर रन्तेल, बेनोज अधिकारी र पूर्ण पौडेल जस्ता विद्यार्थी (वेपत्ता) आन्दोलनका शहिदहरुको शहादतको वलिदानीपूर्ण गौरवगाथा बोकेको छ । विद्यार्थीहरुको इच्छा चाहाना र आवश्यकतालाई पूर्णता दिनको लागि आफ्नो ज्यानलाई बाजी लगाएर घरपरिवारलाई वेवास्ता गरेर होमिएका शहिदहरुका सपनालाई मुर्तरुप दिनु अनेरास्ववीयूको महत्वपूर्ण जिम्मेवारी हो ।
मुलुकमा गणतन्त्र स्थापना भयो, देशमा कयौ राजनीतिक, सामाजिक, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता परिवर्तनहरु त भए तर मुलरुपमा शिक्षा क्षेत्रमा आशादित परिवर्तन हुन सकेन । अबको एकतापछिको विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएका कहालिलाग्दा समस्यालाई निर्मल गर्नका लागि संगठनको शक्ति परिचालन गर्ने कुरमा कति पनि कन्जुस्याई गर्न हुदैन । सार्वजनिक शिक्षामा विद्यालयदेखी विश्वविद्यालयसम्मको स्तरउन्नती गरी देशका मजदुर सिकानका छोराछोरी र राष्ट्रका उच्च ओहोदामा रहेका साथै सम्पन्नताको सुचीमा सुचिकृत भएका सम्पूर्णका छोराछोरीले एउटै विद्यालय र विश्वविद्यालयमा पढन पाउने नीति तय गर्नुपर्दछ । त्यतिमात्र होइन विद्यालय र विश्वविद्यालय तहसम्मको समग्र शिक्षालाई बहुप्रायिधिक अनिवार्य रुपमा बनाउनुपर्छ, जसले समग्र मुलुकलाई आत्मनिर्भर बनाउने दक्ष जनशक्ति उत्पदान गरोस् अनी मुलुकलाई समृद्धिको दिक्षातर्फ डो¥याउन मदत मिलोस् ।
अबको पाठ्यक्रममा जमिन, जंगल, जल, वातावरण र पर्यटनका निम्ती विशेष पाठ्यक्रम बनाई विद्यालय तहदेखि नै यसको पढाइलाई शुरु गर्ने कदम अबको नेतृत्वले चाल्नुपर्छ । अहिले यो वा त्यो बहानामा शिक्षामा व्यापारिकरणलाई पोस्ने घिनलाग्दा हास्यास्पद अनी आम नेपाली विद्यार्थीहरुको पहँुचभन्दा बाहिरका अभिव्यक्तिहरु आउन थालेका छन् । पछिल्लो ३ दशकमा मुलुकमा सामुदायिक शिक्षाको अवस्था नाजुक छ । यसको मुलकारण हो, सामुदायिक विद्यालय सुधारका निम्ती निजि विद्यालयहरुको छाडापनलाई नियन्त्रण गर्न नसक्नु । अनेरास्ववीयुको जिम्मेवारी हो, संविधानले तोके बमोजिम शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिने र निजि विद्यालयहरुले आर्जन गरेको अकुत सम्पतीलाई पारदर्शि बनाएर सम्पूर्ण विद्याथीहरुको हितको लागि निजिकरणको उत्ताउलोपनलाई अन्त्य गर्न ठोस् पहल पनि अबको संगठनले गर्नु पर्छ । अबको नेतृत्वले योजनासहितको सामुदायिक विद्यालयको संघार र शिक्षामा नैतिकताको वकालत गर्नु पर्ने देखिन्छ ।
सामुदायिक शिक्षाको सुधार अक्षर चिन्नु मात्र होइन आम नागरीकको जीवनस्तरलाई माथि उकास्दै विदेशिएका लाखौ युवाहरुलाई स्वदेश फर्काउन सक्नु, सहनै नसक्नें तातोघाममा ताबुक र वेल्चा चलाउनुको साटो स्वदेशमै नङग्रा खियाउन प्रेरित गर्नु पनि हो । यी सम्पूर्ण जिम्मेवारीहलाई आत्मासाथ गर्दै समग्र मुलको सम्पूर्ण क्षेत्रको विकासमा नेपाल सरकारलाई सहयोग गर्न सक्ने एउटा ठुलो अवसर अनेरास्ववीयूको हो । धन्यवाद !