
प्राकृतिक ताजमहल र दरबार फेला -भिडियोसहित
पूर्णपुष्टि/उदयपुर, असोज २१ गते ।
उदयपुरमा प्राकृतिक ताजमहल र दरबार फेला परेको छ । त्रियुगा नगरपालिका वडा नंं १६ को शाहीखोलामा विभिन्न आकृति र आकर्षणले भरिएको प्राकृतिक ताजमहल र दरबार फेला परेको हो ।
बर्षौ पुरानो उक्त ठाउँको प्राकृतिक ताजमहल र दरबारलाई बुढापाकाहरुले बनमान्छेको दरबार भन्ने गरेको स्थानीय बृद्ध श्रीमान दनुवारले बताउनुभयो ।
हेर्नका लागि ज्यादै आकर्षक र हतपत्ति नभत्किने कसिलो र बलियो आकृतिहरु बर्षातको पानीले बनाएको स्थानीयको अनुमान छ । विभिन्न रङ र तहका कसिलो माटाका कारण बर्षातको पानीले आकार निकालेको हुनसक्ने उनीहरु बताउछन् । आकारहरु कुनै प्रख्यात सिपालु कलाकारले बनाएभन्दा कम छैन । त्यहाँको सिंगो आकृत ढिस्कोलाई हेर्ने हो भने विश्वप्रख्यात ताजमहलको झलक आउने भएकाले स्थानीयले प्राकृतिक ताजमहल भनेर नामाकरण गरेका हुुन् । खासगरी त्याँहाका दुईवटा ढिस्कामा एउटाले ताजमहल र अर्क...