नागरिक समुहद्वारा कार्यशैली र अभिव्यक्ति सुधारको माग, खबरदारीप्रति गाउँपालिका सकारात्मक
पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते ।
नागरिक दवाव समूह लिम्चुङबुङले जनप्रतिनिधीको कार्यशैली र अभिव्यक्ति सुधारको माग गर्दै आइतबार गाईघाटमा पत्रकार सम्मेलन गरेको छ ।
नागरिक समाज, राजनीतिक दल, सरोकारवालाहरुसंग समन्वय नगर्ने, सल्लाह सुझाव नलिने र सूचना र अभिव्यक्ति दिने कुरामा गुनासो रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सुधारको माग गरेका हुन् । सुधार नगरेमा आन्दोलन गर्नेसमेत जनाएको समूहले आफुहरुको आवाज गाउँपालिका, जनप्रतिनिधि र विकास विरोधी नभई कार्यशैली र केही आपत्तिजक अभिब्यक्तिको विरुद्धमा रहेको संयोजक टकमान राईले बताए ।
“हामी पारदर्शीता चाहन्छौं, नागरिक समाज, राजनीतिक दल र सरोरवालाको सल्लाह, सुझाव, समन्वय र सहकार्यबाट गाउँपालिकाको समग्र विकासका टेवा पुगोस् ।” संयोजक राईले भने “विरोधका लागि विरोध होइन, हामी पनि गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य, समन्वय गर्न चाहेका हौं ।” खासगरी,...









