वडाको लापवाही प्रति मोेहीको खबरदारी
पूर्णपुष्टि/उदयपुर भदौ १५
उदयपुरमा वडाले सिफारीस नदिएको भन्दै गाईघाटमा मोहिहरुले बृहत साभ गरेको छ ।
राष्ट्रिय भुमि अधिकार मञ्च उदयपुरबाट निस्किएको लगभग तिन सय सहभागिको ¥यालिले नारा लगाउदै बजार परिक्रमा गरेको हो ।
मञ्चको आयोजनामा भएको मोहि तथा किसान सभाको ¥यालिमा “रगत पसिना बगायौँ, बलादामा के दियौ । हाम्रो नारा हाम्रै भोक, विस्र्यौ बाचा दियौ चोट” लगायत नारा लगाउदै निस्किएको ¥यालीले बजार परिक्रमा गरि पिपल चौकमा कोण सभा गरेको हो ।
दार्ता भएको निवेदन कावाहीको लागि वडा न. ८, १०, १३ लगायतका वडाले सिफारिस दिनमा आलटाल गरि म्याद सकाउने प्रयास गरेकोले मोहि अधिकारबाट बञ्चित नहुन सभा गरेको राष्ट्रि भुमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताए ।
भदौ २० सम्म स्थानिय तहको वडाले मोहि प्रयोजनका लागि नामसारी, नाम सुधार, नाता कायम लगायतको सिफारिस नदिए २१ गते बाट नै कडा आन्दोल गर्ने राष्ट्रि भ...









