Saturday, May 30News That Matters

Tag: highlight

माओवादी केन्द्र उदयपुरले उम्मेदवार सिफारिस गर्यो, राम कार्की र सुरेश कु. राई पहिलो सूचीमा

माओवादी केन्द्र उदयपुरले उम्मेदवार सिफारिस गर्यो, राम कार्की र सुरेश कु. राई पहिलो सूचीमा

समाचार
गाईघाट-माओवादी केन्द्र उदयपुरले आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेद्वारको सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहिबार र शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्र र प्रदेशका लागि उम्मेदवारका नाम सिफारिस गरेको हो । एक पदमा तीन/तीन जनाको नाम सिफारिस गरेको जनाएको छ । माओवादी स्रोतका अनुसार माओवादीका बरिष्ठ नेता राम कार्की संघ (केन्द्र) को उदयपुरको क्षेत्र नम्बर २ बाट चुनाव उठ्ने भएका छन । क्षेत्र नं. २ मा कार्कीको साथै मोहनबहादुर खत्री, केपी बरालकोसमेत नाम सिफारिस भएको छ । भने एक नम्बर क्षेत्रबाट सुरेशकुमार राई, मिनबहादुर ठकुरी र पुष्प बस्नेत सिफारिस भएका छन् । संघको प्रतिनिधि सभा निर्वाचनमा सिफारिस हुने राम कार्की पूर्व संचारमन्त्री हुन् । जिल्ला ईन्चार्जसमेत रहेका खत्री पहिलो संविधान सभामा उदयपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित र २०७० को चुनावमा पराजित बनेका थिए ।...
२३ वटा ट्याक्टर प्रहरीको कब्जामा

२३ वटा ट्याक्टर प्रहरीको कब्जामा

समाचार
गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैध ढुंगा गिट्टी, बालुवा निकासी गर्ने २३ वटा ट्रक्याक्टर पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार सुक्रबारसमेत गरी दुई दिनमा ती ट्याक्टरहरु पक्राउ परेका हुन् । असोज १ गतेदेखि सम्झौतानै नगरी निरन्तर रुपमा विभिन्न खोलाहरुबाट बालुवा, गिट्टी, ढुंगा निकाली गर्ने ट्रयाक्टरहरुमाथि निगरानी बढाइ पक्राउ गरिएको एसपी भट्टले बताए । स्थानीयहरुका अनुसार दिनहु दर्जनौं टयाक्टरले चोरी निकासी गर्नाले जिल्लाभित्र दैनिक लाखौं मूल्य बराबरको ढुंगा, गिट्टी अवैध रुपमा निकासी हुने गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । रातीरातीसमेत खोलाबाट अबैंधरुपमा निकासी गर्ने गरिएको स्थानीयहरुले बताए । स्थानीयका अनुसार विगतमा प्रहरीले पक्राउ गरेपनि सामान्यरुपमै छाडिदिने गरेको थियो । सम्बन्धीत निकायको फितलो कारवाहीलाई अटेर गर्दै ट्याक्टर व्यवसायीहरुले दिन दहाडै चोरी...
मरेको हात्ती भेटियो, दाँत र पुच्छर गायब

मरेको हात्ती भेटियो, दाँत र पुच्छर गायब

समाचार
युवराज राई । गाईघाट उदयपुरमा शुक्रबार साँझ मृत अवस्थाको एउटा जंगल हात्ती फेला परेको छ । उदयपुरको पूर्वि क्षेत्र बेलका नगरपालिका–८ मा पर्ने माछापुछे« सामुदायीक वन क्षेत्रमा मृत अवस्थाको जंगली हात्ती फेला परेको छ । स्थानीयवासीले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हात्तीको पुच्छर र दारा भने काटिएको अवस्थामा रहेकोले तस्करले गायव पारेको अनुमान गरिएको छ । हात्तीको दारा र पुच्छरकै लागि चोरी सिकारीले मारेको हात्ती मारेको हुनसक्ने अनुमान गरिएको छ । हाती के कसरी मरेको भन्ने पत्ता लगाउन प्रहरी र वन कर्मचारीहरु खटिरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । घटना बारे अनुसन्धान गर्न सेक्टर वन कार्यालय सुन्दरपुर र सेक्टर वन कार्यालय चक्रघटी सुनसरीको टोलीसमेत खटिएको जिल्ला वन अधिकृत विष्णुप्रसाद बरालले बताए । मृत हात्तीको पोष्टमार्टमका लागि कोशी वन्यजन्तु आरक्षणको पशु चिकित्सकको ...
कृतिमानी युवा संघद्वारा २६ जना सम्मानित

कृतिमानी युवा संघद्वारा २६ जना सम्मानित

Breaking News 1
पूर्णपुष्टि, भदौ ५  गाईघाट-सकारात्मक परिवर्तनका लागि युवा आवाज, गाउँ चिनाऔं केन्द्रसम्म, देश चिनाऔं विश्वसम्म भन्ने मुल नाराका साथकिर्तिमानी युवा संघले शनिबार विहान एक कार्यक्रमको आयोजना गरी २६ जनालाई सम्मान गरेको छ । संघले वडादशैंको शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रमको आयोजना गरी विभिन्न विद्यामा कृतिमानी कायम गर्ने र सामाजिक योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कृतिमानी युवाहरुसहित सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउने चारजना प्रहरी, तीनजना पत्रकार, तीनजना कलाकर्मी, दुईजना शिक्षक÷प्राध्यपक, दुईजना व्यवसायी, दुईजना उद्यमी, एकजना अधिकारकर्मी, एक खेलाडी लगायत सम्मानीत भएका हुन् । कार्यक्रममा १ मिनेटमा सबैभन्दा धेरैपटक टेबलटेनिस बल अल्टरनेटिभ लगाएर विश्वकृतिमान कायम गरेका उदयपुरका युवा अम्बिका निरौला सम्मानित भएका थिए । उनले एकसय मिलिलिटर मट्टितेलले १२९ पटक ...