Tuesday, April 28News That Matters

Tag: highlight

विधिवतरुपमा फुलपाती भित्र्याईयो (फोटो फिचरसहित)

विधिवतरुपमा फुलपाती भित्र्याईयो (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि, असोज ११ । गाईघाट–आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको घरघरमा फुलपाती भित्रिएको छ । सप्तमीको दिन देशको सबै ठाउँमा बढाईका साथ फुलपाती भित्र्याएसंगै उदयपुरमा पनि भित्र्याईयो । सदरमुकाम गाईघाट स्थित भगवती मन्दिरमा विधिवतरुपमा बुधबार विहानै फुलपाती भित्र्याईएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको टोलीले बोक्से बरपिपलचौकदेखी फुलपाती ल्याई भगवती मन्दीरमा भित्र्याएको हो । मन्दीरमा भित्र्याएसंगै सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले आआप्mना घरमा फुलपाती भित्र्याएका थिए । तस्बिर - पर्शुराम थापा/भोटराज राई प्रकाशित मिति ः २०७४ असोज ११ गते ।...
विश्व पर्यटन दिवस (उदयपुरका फोटोफिचरसहित)

विश्व पर्यटन दिवस (उदयपुरका फोटोफिचरसहित)

पर्यटन
हरेक वर्षको सेप्टेम्बर महिनाको २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने चलन छ । यो सन् २०१७ लाई संयूक्त राष्ट्रसंघले दीर्घकालिन पर्यटन संभावनाको प्रतिकका वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । सन् १९८० का दिन सेप्टेम्बर २७ मा विश्व पर्यटन संघको औपचारीक शुरुवात गरिएको सम्झनामा बिगतको ३७ बर्षदेखि सेप्टेम्बर २७ तारिखकालार्इ विश्वभरका सरकारी, गैरसरकारी तथा समूदायबाट पर्यटन दिवस मनाइदै आइएको छ । दीर्घकालिन बिकासका तिनै अवधारणाहरु आर्थिक, सामाजिक अनि वातावरणीय पक्षहरुको सुधार अनि बढोत्तरिकालागि पर्यटनको प्रमुख भूमिका हुने गर्दछ । संसारको सबैभन्दा ठूलो उधोगको रुपमा पनि लिइन्छ पर्यटनलाई । सहज पर्यटन संसारका सबैजनाको पहूँचमा हुनुपर्ने मान्यताका साथ यो दिवस मनाईदैछ । आजको दिनले नेपालको पर्यटकीय सौन्दर्य र सम्भावना दुवैलार्इ विश्व समाजको आँखामा सहज पहूँचकालागि सहयोग पुर्याउने प्रयास हर नेपा...
आज फुलपाती

आज फुलपाती

Breaking News 1
सप्तमीको आज विशेष दिनलार्इ फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ुफूलपातीु भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ । आजको दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगर...
आमा गुमाएका  तीन  बालिकाको नाममा कोष

आमा गुमाएका तीन बालिकाको नाममा कोष

शिक्षा, समाचार
गाईघाट–आमा गुमाएका उदयपुरका तीन बालबालिकाको निम्ति कोष खडा भएको छ । चौदण्डीगढी नगरपालिका ९ भिमा दनुवारबस्ती बालिकाहरुको शिक्षा खर्चका लागि २ लाख ७ हजार रुपिँयाको कोष स्थापना गरिएको हो । नावालक बालिकाहरुको शिक्षा तथा पालनपोषणका लागि विभिन्न निकायबाट चन्दा संकलन गरी उक्त कोष खडा गरिएको हो । गत भदौ २६ गते सुत्केरी अवस्थामा आमा ३८ वर्षिया रामकुमारी दनुवारको जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । आमाको मृत्युपछि अजिता, आईसा र अनुसा दनुवार टुहुरा बनेका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अगुवाईमा चन्दा संकलन गरिएको थियो संकलित चन्दा रकम निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एक कार्यक्रमकाबीच पीडित परिवारका आफन्त गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवारलाई हस्तान्तरण गरेका छन् । दनुवारले प्राप्त रकम जिल्ला स्थित कृषि बिकास बैंकमा बालिकाहरुको संरक्...
धमाधम, हरित अभियान

धमाधम, हरित अभियान

समाचार
गाईघाट–नगरपालिकाको अगुवाईमा ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियान सन्चालन भएको छ । अभियान अन्तर्गत नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ । उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान पनि सन्चालन गरेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने उनले बताए । यो अभियानमा प्लाष्टिकलाई प्रतिवन्ध लगाइने छ । यसअधि नै प्लाष्टिक मुक्त नगर भनेर त्रियुगालाई घोषणा गरिसकिएको छ । फोहोरमैला व्यवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ...
फरारको आशंकामा मोटरसाईकलसहित एक पक्राउ, क्षतिपूर्तीको सहमतिपछि चक्काजाम खुल्यो

फरारको आशंकामा मोटरसाईकलसहित एक पक्राउ, क्षतिपूर्तीको सहमतिपछि चक्काजाम खुल्यो

समाचार
उदयपुर-बालिकालाई ठक्करदिई फरार भएको आशंकामा एक युवालाई मंगलबार मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभन्दा बाहिरबाट नियन्त्रणमा लिइएको युवा र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको प्रहरीले जनाएको छ । हिजो उदयपुरको बेलाका नगरपालिका ५ मा सोही ठाउँकी ७ बर्षिया बालिका आरती सदालाई कालो रंगको बुलेट मोटरसाईकलले ठक्कर दिई फरार भएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । खोजतलासको क्रममा पक्राउ परेको मोटरसाईकल र चालक जिल्लामा ल्याई बेलुकासम्ममा सोधपुछ तथा अनुसन्धान गरी किटानी हुने प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताए । पिडितद्वारा चक्काजाम, कारवाही र क्षतीपूर्तीको सहमति यसैबीच पिडित पक्षले पिडकलाई कारवाही र पिडितलाई क्षतिपूर्तीको माग गर्दै मंगलबार विहानै रामपुर–चतरा सडकमा चक्...
कार्यकारी अधिकृतलाई दशैंको हतारो, विदाअगावै हिडिदिएपछि काम प्रभावित

कार्यकारी अधिकृतलाई दशैंको हतारो, विदाअगावै हिडिदिएपछि काम प्रभावित

समाचार
गाईघाट–दशैं लागिसकेको भन्दै उदयपुरको त्रियुगा नगरपालिकाकाका कार्यकारी अधिकृत घर हिडिदिएपछि जनताको काम प्रभावित बनेको छ । सरकारी विदा हुनुअघि नै कार्यालय छाडेर कार्यकारी अधिकृत उद्धवप्रसाद रिजाल घर हिडिदिएपछि नगरको कामकारवाही प्रभावित बनेको नगरप्रमुख मेयर बलदेव चौधरीले बताउनुभयो । नगरप्रमुखको हैसियतले आफुलाईसमेत जानकारी नदिइ हिडेको उहाँले बताउनुभयो । अधिकृत रिजाल आइतबार नै घरतर्फ लागेर मंगलबारदेखि मात्र निमित्त तोकेको जनाइएको छ । आफु अनुपस्थित भएपनि सोमबार आप्mनो हाजिरी देखाउन खोजेको बुझिएपछि छड्के गर्न प्रशासनलाई अनुरोध गरिएको मेयर चौधरीले बताउनुभयो । आफु विशेष कामले काठमाडौंमा रहेको बेला विना जानकारी कार्याकारी अधिकृतले पनि कार्यालय छाडेपछि जनताको काम कारवाही प्रभावित भएको स्विकार गर्दै उहाँले आफुलाई जनगुनासोका फोनहरु आइरहेको बताउनुभयो । कार्यकारी अधिकृत रिजालले नगरपालिकाको खास ...
बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता

बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता

समाचार
विक्रम राई उदयपुर-दशैंमा गाउँघर फर्किने यात्रुहरुको चाप उदयपुरमा बढेको छ । दशैं आउन पाँच दिनमात्र बाँकी रहदा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप अत्याधिक बढेको हो । विभिन्न ठाउँबाट गाउँघरतर्फ हिडेका यात्रुहरु गाईघाट हुदै जाने हुँदा अत्याधिक चाँप बढेको हो । देशको विभिन्न ठाउँमा रोजागारी, व्यापार व्यवसायी गर्ने देखि विदेशसम्मका यात्रुहरु गाईघाट हुदै पहाडी क्षेत्रमा जाने गर्दछन् । उदयपुरकै पहाडीभेग र खोटाङ क्षेत्रका यात्रुहरु जानेगर्दछन् । यात्रुको चाँपलाई धान्न हिमाली यातायात व्यवसायी संघलाई धौधौ परेको जनाएको छ । संघले त्यसक्षेत्रका लागि २५ वटा बसहरु सञ्चालनमा ल्याएको छ । विहानदेखि दिउसोसम्म सञ्चालन गरिने ती बसहरुमा यात्रु खचाखच भरिने गरेका छन् । भनेजस्तो सिट नपाउने र समयमा बस नपाउने समस्या यात्रुहरुको रहेको छ । यात्रुहरु बसको प्रतिक्षामा गाईघाटको पिपलचौकमा जम्मा हुने गरे...
दशैं/कविता

दशैं/कविता

साहित्य
टंकबहादुर आले मगर शुभकामना शुभकामना शुभकामना दशैंको कामना पुगोस् सर्ब मनमनमा शरद फुलेको रात छ मनभरी हर्ष फक्रेर फूलको सुबाससंगै मगमगावस् मेरो शुभकामना ! परदेश देखि गाउँ फर्केका हसिलो मुहारसंगै गाउँसम्म जाओस् मेरो शुभकामना आमाको ओठभरी बुबाको आँखाभरी बारीको डिलमा कोपिला बन्दै गरेको थुंगेफूल भरी पुगोस शुभकामना ! दशैं हुनेखानेका घरमा मात्रै होइन हुँदा खानेको सम्म पुग्नुपर्छ त्यो बोझ भएर होइन बाध्यता भएर होइन दुःखाई दिने भएर होइन दशैं स्वीकार्य भएर पुगोस् दशै सजिलो सहज भएर पुगोस् यस्तैयस्तै, मुरीमुरी टत्र्mयाए हजुहरु समक्ष २०७४ सालको वडादशैको हर्दिक शुभकामना शुभकामना मंगलमय कामना ! https://youtu.be/1B5a0pBDnao...
उदयपुर सिमेन्टलाई विद्युतको मार, सातामा अढाई करोड नोक्सान

उदयपुर सिमेन्टलाई विद्युतको मार, सातामा अढाई करोड नोक्सान

आर्थिक, समाचार
गाईघाट–विद्युत प्राधिकरणको चरम लापरवाहीमा परी देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले सातादिनमा अढाई करोड नोक्सान व्यहोर्नु परेको जनाएको छ । उत्पादन र विक्रीका हिसावले उद्योग नाफामै रहेपनि प्राधिकरणबाट नियमित विजुली आपुर्ति नहुदा एक सातामै २ करोड ५० लाख नोक्सान व्यहोर्नु परेको उद्योगका नायब महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए । उद्योगको बैंक मौजाद अहिलेपनि ५ करोड बढि रहेको साहले बताए । अघिल्लो आर्थिक बर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो बर्ष बिद्युत समस्याका कारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अबस्था नदेखिएको साहले बताए । प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि दैनिक सरदर १५ घण्टाभन्दा बढि उपलब्ध गराउन नसकेको गुनासो उनले गरे । साहका अनुसार उद्योगले गति लिएकै बेला दैनिक १० देखि १२ पटक बत्ति जाने आउने गर्दा ठूलो ...