सर्बसहमत नहुदाको तमासा : एक ठाउँका लागि २४ जनासम्म सिफारिस
पूर्णपुष्टि, असोज २० गते ।
गाईघाट–आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सर्बसहमतरुपमा टुंग्याउन नसक्दा शुक्रबार नेकपा एमाले उदयपुरमा एक ठाउँका लागि २४ जनासम्मको नाम सिफारिस भई आएको छ ।
जिल्ला पार्टीले नाम सिफारिसका लागि तोकेको क्षेत्रीय संयोजक तथा सहसंयोजकबाट सर्बसहमतरुपमा टुंग्याउन नसक्दा प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ (क) मा २४ जनासम्मको नाम सिफारिस भइ आएको हो । प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा सिफारिसमा पर्नेको नाम थोरै भएपनि प्रदेशसभाहरुमा धेरै छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले जिल्ला कमिटी सदस्य टेकबहादुर राउत, पूर्व केन्द्रिय सल्लाहकार परिषद सदस्य राममणि पोखरेल र बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद मन्जु कुमारी चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि एमालेका...









