Sunday, April 26News That Matters

Tag: highlight

रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी

रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी

मनोरञ्जन
अहिले के मा व्यस्त हुनुहुन्छ ? अहिले म मेरो एल्बम सम्मान मेरो को प्रमोशनमा लागिरेको छु । यो दशैं, तिहार, छठ पर्वको उल्लासमय माहौलसंगै एल्बमको प्रमोशनमा छु । एल्मब सम्मान मेरो को प्रमोसनका लागि के के गर्दै हुनुहुन्छ ? काठमाठौंमा त निकै नै यसको प्रचार प्रसारका काम भए, यो उल्लसमय पर्वको माहौलमा पूर्वी भेगमा गरौं भन्ने हो । तसर्थ विभिन्न ठाउँमा कन्सर्टहरु रहेका छन्, मिडियामा भेटघाट, कुराकानी, जस्तै की आज हजुरसंग भयो । अनि अन्य पम्प्लेटिङ, पोष्टरिङ लगायत छन् । सम्मान मेरो कस्तो खालको एल्बम हो ? अहिले एक अर्कामा सम्मान गर्ने परिपाटी हराउदै गएको छ । चेलाले गुरुलाई गर्ने सम्मान, नयाँपुस्ताले अग्रजलाई गर्ने सम्मान, सानाले ठूलालाई गर्ने सम्मानमा कमी आएकको छ । कला, प्रतिभा, सिर्जनाका लागि हुनुपर्ने सम्मानमा कमी आएको छ । त्यसैले अहिलेको समय र अवस्थालाई मध्येनजर गरेर ल्याएको एल्बम हो । स...
हात सफा नभएकै कारण रोग र संक्रमण

हात सफा नभएकै कारण रोग र संक्रमण

स्वास्थ्य
पूर्णपुष्टि, असोज २९ गते । गाईघाट-आज अक्टोबर १५ सन् २०१७, विश्व हात धुने दिवस । विविध कार्यक्रमका साथ विश्वभर यो दिवस मनाइन्छ । विश्वभरि नै हात सफा नभएका कारणले बिभिन्न रोग अनि संक्रमणहरु हुने गरेको तथ्य फेला पारेपछि आजको दिनमा यो दिवस मनाउन सुरु गरिएको हो । हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको कुरा बु...
विप्लब माओवादी नेता पक्राउ, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

विप्लब माओवादी नेता पक्राउ, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

समाचार
पूर्णपुष्टि, असोज २७ गते । गाईघाट– नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) उदयपुरले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना एक जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति प्रकट गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी बाबुराम शर्माले विज्ञप्ती जारी गर्दै एकदिन अघि जिल्ला कमिटि सदस्य मानबमादुर दनुवारलाई त्रियुगा नगरपालिका वडा नं. ७ को कार्यालयबाट विना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको हो । अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै अबिलम्ब रिहाको माग गरेको छ । स–सम्मान रिहा नगरेमा गृह प्रशासनविरुद्ध कडा संघर्षमा जाने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ । यता, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले दनुवार पक्राउको पुष्टि गरेका छन् । डिएसपी मेघराज अधिकारीले दनुवारलाई पार्टीको हैसियतले भन्दा पनि कुनै घटनाक्रमको सन्दर्भमा सोधबुझ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । अनुसन्धानपछि म...
प्रहरी दिवसमा सहिद परिवार सम्मानित, असल प्रहरी र विजयी खेलाडी पुरस्कृत

प्रहरी दिवसमा सहिद परिवार सम्मानित, असल प्रहरी र विजयी खेलाडी पुरस्कृत

समाचार
काेपिला पुलामी मगर पूर्णपुष्टि, असोज २७ गते । गाईघाट–सहिद प्रहरीलाई स्मरण र उनीहरुको परिवारलाई सम्मान गर्दै उदयपुरमा ६२ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा एक विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो । समारोहमा विभिन्न सहिद प्रहरीको स्मारकमा माल्यार्पण गर्दै स्मरण गरिएको थियो भने परिवारका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै प्रहरी संगठनमा असल काम र कुशल कर्तव्यपालक प्रहरीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पुरस्कृत हुने प्रहरीहरुमा प्रहरी नायव निरिक्षकद्वय बुद्धिमान चोम्वाङ र शंकर खतिवडा, प्रहरी हवल्दारत्रय सुरेन्द्र लम्साल, कुलप्रसाद पाण्डे र भविन्द्रबहादुर सुवेदी तथा प्रहरी जवानद्वय राजेशकुमार राउत र सन्देश तामाङ रहेका छन् । उनीहरुलाई जनही एकहजार नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी दिवसको अवसरमा प्रहरीद्वारा आयोजित जिल्ला स्तरीय व...
व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २६ गते । गाईघाट–उदयपुर जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगितामा बलबहादुर कार्की र दिपक राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । १५–२१, २१–९ र २१–१९ को डिसाईडिङ खेलमा ताराचन राई र गोविन्द थापाको जोडीलाई पछि पार्दै उक्त जोडी प्रथम भएको हो । तेस्रोसेटमा २ अंकले पछि परेपछि राई र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । धनकुमार श्रेष्ठ र रुवेन राईको जोडी तथा हिमाल श्रेष्ठ र सरोज खवासको जोडी तेस्रो भएका छन् । “बी” डिभिजनतर्फको खेलमा बेल्टारका भेषराज मगर र एकराज मगरको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । उक्त जोडीले २१–१९ र २२–२० को सोझोसेटमा जीत सुनिश्चित गरेको हो । पुरनचन्द भट्ट र प्रकास बस्नेतको जोडी दोस्रो भए । राजेश चौधरी र इश्वरीदत्त भट्टको जोडी तथा तुला मगर र यमन दनुवारको जोडी तेस्रो भए । ६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उद...
आफ्नो आँखाको ख्याल गरौं अनि आँखा नहुने हरुलाई माया र सदाशयता गरौं

आफ्नो आँखाको ख्याल गरौं अनि आँखा नहुने हरुलाई माया र सदाशयता गरौं

स्वास्थ्य
पूर्णपुष्टि, असोज २६ गते । आज बिश्व दृष्टि दिवस । विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेंर हामीले बुझेकै छौं र यसै अनुसार आफ्नो स्वास्थ अनि जीवनशैली पनि दिर्घदृष्टिका हेतुले अघि बढाउनुपर्छ । बिश्वव्यापी तथ्याकंका अनुसार बिश्वभरि करिब ३ करोड ६० हजार मान्छेहरु दृष्टिबिहीन छन् भनें २ अरब ४६ करोड हाराहारी मान्छेहरु कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्यावाट प्रभावीत छन् । दृष्टि अनि त्यस्को स्वस्थ र उपचार आजको बिश्वका लागि ठूलै चुनौती भएको छ, यस्तै मुद्धाहरुका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ । नेपालमा पनि दृष्टिबिहीनहरुको हकहितका लागि बिभिन्न संघसस्थाहरु कार्यरत छन् जस्मा नेपाल नेत्रहीन संघ भनें छाता संगठनका रुपमा कार्य गर्दछ । त्यस्तै बिभ...
व्याड्मिन्टन प्रतियोगिता सन्चालन

व्याड्मिन्टन प्रतियोगिता सन्चालन

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २५ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला व्याड्मिन्टन संघको आयोजनामा गाईघाटमा व्याड्मिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको प्रायोजनमा डबल्स व्याड्मिन्टन प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा ए र बी डिभिजन गरी ४० जोडीले प्रतियोगितामा भाग लिएका छन् । ए तर्फ ८ जोडा र बी टर्फ ३२ जोडाले भाग लिएका छन् । प्रतियोगिताका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका कटारी, जलजले, बेल्टार, बसाहा लगायतका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बिहिबार फाईनल खेल हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन भईरहेको छ । पहिलो दिन पहिलोचरणको सबै ...
के जनता सूचनाको मालिक हुन ?

के जनता सूचनाको मालिक हुन ?

बिचार
सामाजिक अनुबन्धको सिद्धान्त (Social Contract) अनुसार शासकले जनताको पक्षमा शासन गर्ने गरी संझौता गरेका छन् । संविधान अनुसार मुलुकको सार्वभौमसत्ता जनतामा निहित छ । यसर्थ जनतानै मुलुकका मालिक हुन् । Principle Agent Theory अनुसार जनता Principal हुन् । सूचना दिने जिम्मेवारी भएकाहरु ब्नभलत हुन् । यसर्थ जनताको नासोरुपी सूचना जनताले अपेक्षा गरेका बखत पाउछन् वा पाउनुपर्दछ । यो नागरिकको मौलिक हक मध्येको श्रेष्ठ हक हो । यो लोकतन्त्रको आधारभूत आबश्यक तत्व पनि हो भन्ने कुरा सर्वप्रथम बुझनु र मनन गर्नु जरुरी छ । विश्वव्यापी मानव अधिकार घोषणा पत्रमा विश्वका सबै नागरिकलाई सूचना माग्ने, पाउने र प्रवाह गर्ने हक प्रदान गरिएको छ । हाम्रो संविधानको धारा २७ मा समेत “प्रत्येक नेपालीलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने हक हुनेछ ।” भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । य...
उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ : प्रहरीको विशेष अप्रेसनको सफलता

उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ : प्रहरीको विशेष अप्रेसनको सफलता

समाचार
युवराज राई । पूर्णपुष्टि, असोज २२ गते गाईघाट-लागूऔषधविरुद्ध विशेष अप्रेशन थालेको जिल्ला प्रहरीले उदयपुरको मुख्य लागूऔषध कारोवारीसहित पाँच जनालाई गएरातीदेखि आज (आइतबार)सम्ममा पक्राउ गरेको छ । उनीहरुबाट ठूलो मात्रामा लागुऔषधसमेत बरामद भएको छ । पक्राउ पर्नेमा मुख्य कारोवारी त्रियुगा नगरपालिका १० बस्ने ३० बर्षिय पेशलकुमार घिमिरे रहेका छन् भने अन्य त्रिनपा ११ का अर्जुन चौधरी, वडा नं. १२ का विजय चौधरी, सोही वडाका अनिल मगर र सिरहाको लहान नगरपालिका ३ बस्ने १९ बर्षिय राजु भनिने राजकुमार यादव रहेका छन् । रहेका छन् । पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई आइतबार सार्बजनिक गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट््टले उदयपुरको मुख्य लागूऔषध कारोवारी पक्राउ परेको बताए । उनीहरुको साथबाट विभिन्न १ सय ९९ एम्पुल लागूऔषध बरामद गरेको छ । साथै मोटरसाईकल २ वटा, ११ हजार ६३० नगद र मोवाईसेट २ थान बराम...
बाम र लोकतान्त्रिक धुव्रीकरण तरङ्गः वैद्य र विप्लव पोखरामा

बाम र लोकतान्त्रिक धुव्रीकरण तरङ्गः वैद्य र विप्लव पोखरामा

लिम्चुङबुङ डायरी, समाचार
काठमाडौँ– बाम र लोकतान्त्रिक गठबन्धनबीचको राजनीतिक धुव्रीकरणले तरङ्ग पैदा गरिरहेका बेला मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव भने पोखरामा व्यस्त छन् । दुवै नेता आ–आफ्नो पार्टीको कार्यक्रममा खटेका छन् । बेला–बेला उनीहरुबीच एकताको चर्चा हुने भएकाले दुवैको पोखरामा कार्यक्रम हुनुलाई चासोका साथ हेरिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आजबाट पोखरामा राष्ट्रिय सम्मेलनमा शुरु भएको छ । केन्द्र र प्रदेशको चुनावको मिति घोषणा भएको अबस्थामा नयाँ रणनीति बनाउन वैद्य माओवादी सम्मेलनमा जुटेको हो । वैद्य माओवादीले मोर्चा बनाएर चुनावको उपयोग गर्ने नीति लिएको छ । पछिल्लो पटक परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक हुन लागेको हो । उता, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पनि पोखरामा केन्द्रीय समितिको वैठ...