निर्वाचन अधिकृतको कार्यालय स्थापना, २२ हजार ४ सय ५२ मतदाता थपिए
पूर्णपुष्टि, कात्तिक ९ गते ।
गाईघाट-प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विहिबार उदयपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एकसाथ स्थापना गरिएको छ ।
निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन गर्न लागेको ४५ जिल्ला मध्ये उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समिति उदयपुरको कार्यालय भवनको दुईओटा कोठामा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उदयपुरमा मुख्य निर्वाचन अधिकृत न्यायधिस तेजेन्द्रप्रसाद शर्मा तोकिएका छन् । उनले मुख्य निर्बाचन अधिकृतको भुमिका संगै क्षेत्र नं. १ र त्यस अन्तर्गतका २ वटा प्रदेशको जिम्मेवारी सम्हाल्ने छन् ।
क्षेत्र नं. २ र त्यस अन्तर्गतका २ वटा प्रदेशका लागि निर्वाचन अधिकृत सर्बोच्च अदालतका उपसचिव सन्देश श्रेष्ठलाई तोकिएको छ । कार्यालय स्थापनासंगै मुख्य ...









