उदयपुरमा १४ ले फिर्ता लिए, बाम गठबन्धनको बाघी समस्या समाधान
पूर्णपुष्टि, कात्तिक १९ गते ।
उदयपुर-प्रतिनिधि तथा प्रदेश सभाका लागि दोस्रोचरणमा मंसीर २१ हुने निर्बाचनका लागि उदयपुरमा मनोनयन दर्ता गराएका ६२ जना मध्ये १४ जनाले विभिन्न कारण देखाउदै आइतबार मनोनयन फिर्ता गराएका छन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार ४ स्वतन्त्रसहित १४ जनाले मनोनयन दर्ता फिर्ता लिएका हुन् । दलको तर्फबाट मनोनयन गरेका ठूला नेताहरुसमेत फिर्तामा परेका छन् । पार्टीकै सिफारिसमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका नेकपा एमालेका पोलिट ब्यूरो सदस्य जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले स्वइच्छाले फिर्ता लिएको जनाए पनि बाम गठबन्धनबीचको सहमतीय वातावरणलाई असर पुग्न नदिन फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ । सोही पदका लागि स्वतन्त्रबाट बाघी उम्मेदवारी दिएका नेकपा माओवादी उदयपुर संयोजक विनोद कटुवालले पनि फिर्ता लिएका छन् । खतिव...









