उदयपुरको सदरमुकाममा दुई स्थानमा बम विष्फोट
पूर्णपुष्टि/मंसीर १२ गते ।
उदयपुर–जिल्लाको सदरमुकाममा मंगलबार उम्मेदवारलाई लक्षीत गरी दुईस्थानमा बम विष्फोट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार अपरान्ह करिब ४ बजेतिर उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार डा. नारायण खड्कालाई लक्षित गरी कुकर बम विष्फोट भएको हो भने सोही दिन विहान ३ बजे कांग्रेस प्रदेश सभा उम्मदेवार हिमाल कार्कीको घरसंगैको गोठमा बम विष्फोट भएको हो ।
त्रियुगा नगरपालिकाको वडा नं. १० बाबरी गाउँमा चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्तासहित मत माग्दै हिड्का डा. खड्कालाई लक्षित गरी कार्यक्रम स्थल भन्दा केही पर जंगलमा बम विष्फोट भएको थियो । बम विष्फोटबाट केही पनि क्षती नभएको प्रहरीले जनाएको छ ।
उता प्रदेशसभा उम्मेदवार कार्कीको त्रिनपा ८ चुहाडे स्थित घरसंगैको गोठमा बम विष्फोट हुदा भने एक गाई र एक भैसी घाइते भएको प्रहरीले जना...









