
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते
-प्रदेश/प्रतिनिधिसभा निर्बाचन अघि नै प्रदेश नं. १ अन्तर्गत भोजपुरबाट उम्मेदवार उठेका शेरधन राईलाई जीत निश्चितता अनि मूख्यमन्त्री बन्ने करिब पक्का हो भन्ने गरेका थिए । अन्ततः धेरैको यो आकलन आज सहि सावित भएको छ । प्रदेश÷प्रतिनिधि सभाको निर्बाचन पश्चात एमालेका भिम आचार्यको दावी र उनको पक्षमा वकालत कडै आयो तर, शुक्रबार संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएपछि राईको मुख्यमन्त्री बन्ने बाटो खुल्यो भने नेता आचार्यले दावी गर्ने अवस्था पूर्णविराम भयो ।
राईले दुई मतको मतान्तरमा जितेर मुख्यमन्त्रीको बाटो खोलेका हुन् । एमाले प्रदेश नं. १ को उपसंयोजकसमेत रहेका राईले २६ मत पाएका थिए भने पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यले २४ मत पाएका थिए । राई एमालेभित्रको संस्थापन पक्ष र आचार्य माधवकुमार नेपाल समूह भनेर चिनिन्छन् । एकमत बदर भएको थियो ।
यसैबीच प्रदेश सरकार गठन प्रक्रिया छिट्टै सुरु हुने भएको छ । संसदीय दलका नेतामा निर्बाचित राईले फागुन २ गतेभित्रमा प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुने बताएको अनलाईन सञ्चारमाध्यमहरुले जनाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सांसद (बहुमत), बाम गठबन्धनले भागवण्डा लगाउदा सो प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेकै भागमा छ । माओवादीले उपसभामुख लिएको छ । जसको सांसद १६ छन् ।
यो पनि…
शेरधन राईबारे केही जानकारी
नाम : शेरधन राई
जन्मः २०२७र११र११
ठेगाना : आमचोक गाउँपालिका–३ ९साविकको थिदिंखा–५, पसलभन्ज्याङ्ग०
पिता : जागीरमान राई
माताः राम्रीमाया राई
शिक्षाः एमएरसमाजशास्त्र
राजनीतिक यात्रा
०४४ सालमा अनेरास्ववियुमा संगठित
०४९ र ५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष
०५० र ०५३ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्यरपूर्वाञ्चल प्रमुख
०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त
०४९ नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य
०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य
०५४ मा जिल्ला कमिटीको उपसचिव ०५४ मा पार्टी विभाजन भएपश्चत सचिव
चार कार्यकाल एमालेको जिल्ल्ला अध्यक्ष ९०५४–०७०
०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित
२०७१ मा एमाले केन्द्रिय सदस्यमा निर्वाचित हाल बैकल्पिक पोलिटब्यूरो सदस्य एंव प्रदेश नं १ सह– इन्चार्ज
संसदीय यात्रा
०५६ सालको आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट १८४४७ मत प्राप्त गरी विजयी ९कान्छो सांसद०
०६२र०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधी सभा व्यवस्थापिका संसदको सदस्य,
०६४ सालको संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ मा पराजित
०७० मंसीर ४ मा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट ११९२७ मत प्राप्त गरी विजयी
२०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति
२०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री एंव सरकारको प्रवक्ता
२०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा भोजपुर २ बाट द्दण्घघद्ध मत प्राप्त गरी निर्वाचित ९कुल सदर मतको ७१।२३ प्रतिशत मत प्राप्त०
२०७४ माघ २६ गते प्रदेश नं १ नेकपा एमाले संसदीय दलको नेतामा २६ मत प्राप्त गरी निर्वाचित
विदेश भ्रमणः
चीन, रुस, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स, वेलायत, मलेशिया, हङ्गकङ्ग आदि ।
(स्रोत : पत्रकार ध्रुव सुवेदीको फेसबुक)