
उदयपुर फागुन २४
उदयपुरमा पनि अन्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रमको साथ मनाईएको छ । लैँङगीक समनताको लागि समान सोच र व्यावाहार समृद्धिको आधार भन्ने मुख्य नारको साथ शुक्रबार गाईघाटको पिपलचोकमा दिवस सम्पन्न गरिएको हो ।
मुल समारोह आयोजक समिति उदयपुरको आयोजनामा कार्यक्रम मनाइएको कार्यक्रमका सभाध्यक्ष माया भण्डारीले बताईन् ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा आबद्ध महिलाहरुको संयुक्त उपस्थिति रहेको थियो । कार्यक्रम चेतनामुलक नाटक सहित बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको बिच सम्पन्न गरिएको थियो ।
पूर्व राज्य मन्त्रि मन्जु चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।