
पूर्णपुष्टि, असार ७ गते ।
अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक जना युवक पक्राउ परेको छ । सप्तरीको राजगढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा पक्राउ परेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।
विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।
