पूर्णपुष्टि (खोटाङ), पुस ७ गते ।
श–सस्त्र द्धन्द्ध चरमोत्सर्कमा थियो । २०५९ सालताका नेकपा माओबादीका नेता मोहन खत्री ‘हेनरी’ खोटाङको एउटा ईलाकाका इन्चार्ज थिए । एमालेका नेता रामप्रसाद दंगाल एमाले जिल्ला कमिटि सचिवालय सदस्य थिए । अन्य पार्टीका लागि खुला गतिविधि एबं सांगठनिक काम गर्न सहज थिएन । चुनौतीका बावजुद एमाले नेता दंगाल पार्टीको ईलाका अधिबेसन गराउन छितापोखरी पुगेका थिए । अधिबेसन गराउन नपाउँदै दंगाल ‘हेनरी’ कमाण्डमा रहेको माओबादी कार्यकर्ताको अपहरणमा परे । एमालेको ईलाका अधिबेसन बीचैमा रोकिए । अपहरणको घट्ना २०५९ साल भदौ २४ गतेको हो । अपहरणकाक्रममा केही फायरिङ भए, एमाले कार्यकर्ताको प्रतिबादका वाबजुद छितापोखरीबाट दंगाल अपहरणमा परे । दंगाल भोजपुर, संखुवासभा, धनकुटा, सोलु लगायतका ठाउँमा छापामारशैलीमा हिँडाइए । ४० दिन बितेपछि उनी हेनरीबाटै सकुशल अपहरणमुक्त भए ।
उदयपुरका माओबादी नेता खत्रीको भूमीगतदेखि खुला राजनैतिक संघर्ष जारी रह्यो । अपहरणबाट फर्किएका दंगालको राजनैतिक यात्रा पनि थाकेन । फरक बैचारिक धार र फरक जिल्ला भएका कारण राजनैतिक यात्राकाक्रममा खत्री र दंगालको भेटघाट हुन पाएन । जिल्लामा हुने कतिपय भाषणमा प्रशंगवस आउँदा एमाले नेता दंगालले अपहरणको चर्चा गर्दैआए । खोटाङको कमाण्ड सम्हाल्दै फर्किएर २०६४ सालमा उदयपुरबाट सांसद बनेका खत्री हाल पार्टीका पोलिटव्यूरो सदस्य छन् । एमाले नेता दंगाल पनि जिल्ला उपाध्यक्ष छन् ।
पछिल्लो समय मुलुकमा वाम गठबन्धनको प्रकृया अघि बढ्यो । सबै कम्यूनिष्ट एक बनाउने अभियान सुरु भयो । शसस्त्र संघर्षको पृष्ठभूमी बोकेको माओबादी र खुला राजनिती गर्दैआएको एमाले एक ठाउँमा आइपुगे । त्यही वाम गठबन्धनका कारण १५ वर्षपछि अपहरण गर्ने र अपहरणमा पर्ने नेताको रोचक भेट भएको छ । उदयपुरको नेपालटारमा भएको वाम गठबन्धनको कार्यक्रममा खत्री र दंगालको भेट भएको हो । गठबन्धन भएकै कारण लामो समयपछि खत्री र दंगाल एउटै मञ्चमा देखिए । १५ वर्षपछि भेट हुँदा दुबै नेताले बिगत सम्झिए । तत्कालिन समय र परिस्थिति अनुशार भएको घट्नालाई दुबैले स्वीकार गरे । हात मिलाए, हाँसे ।
‘हेनरीको नेतृत्वमा २०५९ सालमा ४० दिन अपहरणमा परेको थिएँ,’ एमाले उपाध्यक्ष दंगालले भने, ‘बा¥ह वर्षपछि खोलो फर्किन्छ भनेझैँ समयले आज हामीलाई एकै मञ्चमा ल्याइपु¥याएको छ । समयको माग अनुशार कम्यूनिष्ट एक हुँदा गर्व लागेको छ ।’