Tuesday, May 12News That Matters

अपाङ्गता अशक्तलाई घरघरमै परिचय पत्र व्यवस्था गरिने उप्रमुख राईको पहिलो निर्णय

पूर्णपुष्टि, जेष्ठ १९
त्रियुगा गनरपालिकाकी नवनिर्वाचित उपप्रमुख महेश्वरी राईले नगरका अपाङ्ग तथा अशक्तहरुलाई पहिलो प्राथामिकता राखेर निर्णय गरेकाी छिन् । राईले आफ्नो पहिलो नगरपालिकाको कामको निर्णयमा अपाङगता तथा अशक्तहरुलाई घरघरमै परिचय पत्र व्यवस्थापन गर्ने जनाईन् । बुधबार पदबहालीको क्रममा राईले पहिलो निर्णय अशक्त अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र दिने बताईन्।

निर्णय सँगै राईले आफु नगरबासीको सेवक भएकाले जनताको घरदैलोमानै पुगेर आफुले सेवा दिने निर्णय गरेको जनााईन्। उनले आफ्नो कार्यकाल सफल बनाउनका लागि सम्पूर्ण क्षेत्रले सहयोग गर्नु पर्ने बताईन्। नगर उपप्रमुख निर्वाचित भए पछि बुधबार जिल्ला न्यायधिश उत्तम शिलवाल मार्फत प्रमाणपत्र ग्रहण गर्दै उपप्रमुख राईले अबका दिनमा कुरा भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।