
पूर्णपुष्टि, २२ पौष । त्रियुगा नगरपालिकाले नगर भित्र अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरुको पूनःस्थापनाका लागि छुट्टै कार्यक्रम गर्ने गरी सम्झौता गरेको छ । आईतबार गाईघाट स्थित त्रियुगा नगरपालिका र करुणा फाउन्डेनबीच अपाङ्गता भएको व्यक्तिहरुको क्षेत्रमा काम गर्न सम्झौता भएको हो ।
सम्झौतामा अपाङ्गता रोकथाम तथा पूनः स्थापना गर्ने भनिएको छ । कोशी प्रदेश उप–सभामुख सिर्जना दनुवार र सामाजिक बिकास मन्त्रालय कोशी प्रमुखका प्रतिनिधिहरु सहितको उपस्थितिमा सम्झौता भएको छ । यस भन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा सम्झौतै गरेर भने कार्यक्रमहरु गरिएका थिएन् ।त्रियुगा नगरपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ र करुणा फाउन्डेसनको समन्वयमा सम्झौता तथा अभिमुखीकरणको कार्यक्रमनै गरिएका थिए । नगरपालिका र करुणाबीच ३ बर्षे काम गर्ने गरी सम्झौता भएको हो ।