Tuesday, November 18News That Matters

अबाेध दीदिभाइको कहालीलाग्दो अवस्था

पूर्णपुष्टि/उदयपुर, कात्तिक १८ ।
आजबाट बुबाको कृयापुत्री बसेका कलिला यी दुई दिदिभाइको जीवन सामान्य छैन । ६ वर्षिय लक्ष्मण र ११ वर्षिया सोवीको जीवन पहिले पनि राम्रो थिएन, बुवाको मृत्युपछि अझ कहाली लाग्दो नहोला भन्न सकिन्न ।
आमा सिता सार्की, बुवा खड्गबहादुर मगर अन्तरजाजिय विवाह । उदयपुरको त्रियुगा नगरपालिका–८ रातमाटे सुकुम्बासीबस्तीका अन्तरजातिय दम्पत्तीका सन्तान हुन् यी दुई वालवालिका ।
दलितसंग विवाह गरेको भनेर छुवाछुत र विभेद सामाना गर्दै आएका ६३ वर्षिय खड्गबहादुर दशैंदेखि सिकिस्त विरामी परे । दाजुभाइ र आफन्त कोही हेर्नसम्म आएनन् । समयमा उपचार पाउन सकेनन् । विराटनगरस्थित नोवेल हस्पिटलमा हिजो मृत्यु भयो ।
सहयोगी गाउँले छिमेकी र समाजसेवीहरुको सहयोगमा अस्पतालसम्म लगियो तर १० दिनसम्म श्वास फेरेर अस्पतालमै अन्तिम श्वास छाडे । उनको अन्तिम संस्कारमासमेत जातीय, छुवाछुत र विभेद झल्किएको स्थानीयहरु बताउछन् ।
ज्याला मजदुरीले चलेको यो परिवारको मुख्य खम्बा ढलेको छ । आमाको भरसिलो अवस्था छैन । अव यी कलिला वालवालिकाको पालनपोषण, शिक्षादिक्षा अन्योलमा परेको छ । भविष्य अन्धकार हुने हो की ? चिन्ता छाएको छ ।
खड्ग बहादुरको नाजुक अवस्था देखेपछि उपचारका लागि पहल गर्ने, अस्पताल जान, आउन र अन्तिम दाहसंस्कारसम्म खट्ने मध्येका एक हुन् मेखबहादुर भट्टराई । अन्तरजातीय विवाहकै कारण खड्गबहादुर र उनको परिवारले भोगेको विभेद र अवहेलना देख्दा समाजमा अझै छुवाछुत र विभेद रहेछ भन्छन् उनी । सहाराविहिन बालबालिकाको भविष्यप्रति ठुलो चिन्ता छ उनको ।