
झापा, मंसिर २० गते ।
झापाको बिर्तामोडबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटेका प्रहरी टोलीले गतसाँझ करिब ७ बजे एक युवतीसहित तीन जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोड निबासी २१ बर्षीय राजकुमार राजवंशी, ईलाम निबासी १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमारको साथबाट १२ ग्राम ब्राउन सुगर, १० पिस ट्रेडोल ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएको अटो र पक्राउ परेका तिनै जनालाई थप अनुन्सधान भईरहेको प्रहरी जनाएको छ ।
