
पूर्णपुष्टि, माघ १४
प्र्याङ्क भिडियो खिचेर सामाजिक संञ्जालहरुमा राख्नेलाई कार्वाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञाप्ती जारी गर्दै अब कसैको पनि अनुमति विना प्र्याङ्क भिडियो खिच्नेहरुलाई कार्वाही गर्ने चेतावनी दिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

सार्वजानिक स्थलहरुमा प्र्याङको नाममा मजाक उडाउने, ख्याल ठट्टा गर्ने, मस्करी तथा अन्य हिसावले सर्वसाधरणहरुलाई मानसिक, शारीरिक हैरानी गर्ने प्रविधिले नकरात्मक फैलाईरहेको भन्दै गृहल अव यस्तो गरेको पाईएमा कर्वाही गर्ने चेतावनी दिएको विज्ञप्तिमा भनिएको छ ।

‘‘सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमतिरसहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको गराएको गृहले जनाएको छ ।

कुनै महत्वपूर्ण व्यक्ति वा सर्वसाधरणहरु होस आफ्नो काममा आफ्नै तालमा हिडिरहेको अवस्थामा दुख दिने कामा समयको वर्वाद, भद्धा ख्याल ठट्टा तथा मजाक, गोपनियताको भंगले समाजमा नकरात्मक सिर्जना गरेको भन्दै गृहले यस्तो कामलाई रोक्न कार्वाहीको चेतावनी दिएको उल्लेख गरिएको छ ।

