Sunday, June 14News That Matters

अब १ हजारमै कोरोना परीक्षण हुने

पूर्णपुष्टि, असोज २७

सरकारले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको छ । शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने छ । यसैबीच सरकारले कोरोनाको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

देशभरका ७ सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न र गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।