Thursday, July 2News That Matters

अभिमुखिकरण कार्यक्रम सँगै अन्तराष्ट्रि प्राकृतिक दिवस मनाइयो

मिलन परियार 
लिम्चुङ्बुङ २८

बिभिन्न कार्यक्रमहरुको आयोजना सँगै अन्तराष्ट्रिय प्राकृतिक दिवस सम्पन्न भएको छ । बिषेशगरी विपतको क्षेत्रमा विगतदेखिनै काम गर्दै आएको जाल्पा एकीकृत विकास समाज र वल्र्ड भिजन क्ष्न्टरनेशनलको सहयोगमा दिवस मनाइएको हो । 

उदयपुरको रौतामाई ७ मुर्कुची र ताप्ली गाउँ पालिका ५ रुपाटारको वडा बिपत ब्याबस्थापन समितीको आयोजनामा बिपत न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन सँगै अन्तरास्ट्रिय प्राकृतिक  बिपत न्यूनीकरण दिवस मनाईएको हो ।

कार्यक्रममा प्राकृतिक बिपत न्यूनीकरणका लागि अपनाउनु पर्ने संभावित जोखिम न्यूनीकरण गर्नका निम्ती बाल क्लब वडा बिपत ब्याबस्थापन समितिले चेतना मुलुक, संदेश मुलक सिकाई आदान प्रदान गरि जोखिम क्षेती लाई निराकरण गर्न सकिने बारेमा बृहत रुपमा छ्लफल गरिएको थियो ।

कार्यक्रममा वडाका महिला बालबालिका समाजसेवी  जनप्रतिनिधि र  बुद्धिजीवी  रौतामाई ७ का २२ जना र ताप्ली ५ रुपाटार मा ४० जनाको सकृय उपस्थिति रहेको थियो ।

प्राकृतिक रुपमै फैलिएको नोबेल कोरोना भाईरस कोविड १९ बाट आफु पनि सुरक्षीतभैइ अरुलाई पनि सुरक्षीत राख्नका निम्ती सबै तहमा महत्वपूणर् सहयोगी  भुमिका खेल्नु पर्नेमा वडा बिपत ब्याबस्थापन समितिका संयोजक उत्तर बहादुर मगर र फत्त बहादुर ज्यु ठकुरीले जोड गर्नुभयो ।