Monday, April 20News That Matters

अभियाता दुर्गा प्रसाई आगामी २८ गते कटारी आउँने

पूर्णपुष्टि,चैत्र १२ । सामाजिक अभियन्ता दुर्गा प्रसाई आगामी चैत्र २८ गते उदयपुरको कटारी आउँने भएको छ । कटारीमा हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न दुर्गा प्रसाई आउने भएको हो ।

शनिवार नागरिक बचाओँ अभियानले कटारी ३, स्थित च्याँगामा पत्रकार सम्मेलन मार्फत उदयपुरका लागि अभियन्ता निशान राईले प्रसाई आउँने जनाएको छ
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभियन्ता राईले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गरे । कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ ।

पत्रकार सम्मेलन गर्दै वैंकको व्याजदर ५ प्रतिशतमा झारेर व्यवसायीहरुलाई राहत दिने तथा वित्तीय संस्थाहरुबाट पीडितहरुलाई २० लाख ऋण मिनाहा गर्नुपर्ने । प्रसाईको अभियानमा देश र जनता लामवद्ध भएको अवस्थामा कटारीमा कार्यक्रम गर्न लागिएको उल्लेख गरिएको छ ।