अमेरीकामा कोरोना संक्रमण ब्यापक, एकै दिन १० लाख बढी संक्रमित

पूर्णपुष्टि, पुष २१
अमेरिकामा पछिल्लो समय कोरना संक्रमितको संख्या तिव्र गतिमा बढेर गएको पाईएको छ । विश्वका बिभिन्न ठाउँमा संक्रमण बढेर गएको भएपनि अमेरिकामा सोमवार एकै दिन १० लाख बढी कोरोना संक्रमण फेला परेको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मात्रैअमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका छन्– अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको छ र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी छ । त्यो केही हप्तामा आउने छ ।

हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । तर विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन । अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: