पूर्णपुष्टि, असोज १८ । आई.एल.ओ. र नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा संचालित अर्गानिक तरकारी उत्पादन र होमस्टे अपरेटरको कार्यस्थल आधारित एक महिने सिप विकास तालिमको उद्घाटनको भएको छ ।
बिहिबार घरेलु तथा सना उद्योग महासंघ उदयपुरको कार्यालयमा प्रमुख अतिथि त्रि.न.पा.का मेयर बसन्त कुमार बस्नेतले ब्यानर पढ्दै एक महिने तालिमको उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै मेयर बस्नेतले अर्गानिक तरकारी उत्पादन र होमस्टे अपरेटरको कार्यस्थल आधारित एक महिने सिप विकास तालिम अत्यन्तै राम्रो र लाभदायिक रहेको बताउनु भयो । यस एक महिने तालिमले रोजगारको अवसर सिर्जन गरेर स्वरोजगार बन्ने अवसर प्रदान गर्ने उनले बताए ।
व्यावसायिक हिसाबले कृषी पेशा गर्नेलाई सहुलियत श्रृण उपलब्ध गराउनले उनले बताए । वित्तिय संस्था र वाणिज्य बैंकहरुसँग समन्वय गरेर ११ करोड सहुलियत श्रृण किसानलाई दिईने छ ‘उनले भने’ त्यसपछि कृषीबाट मानिसले आफ्नो जिविकोपार्जन गर्न सक्ने र गाउँका युवाहरुको विदेश पलायन पनि कम हुने छ । संघिय सरकार र प्रदेश सरकारबाट सिधै त्रियुगा नगरपालिकालाई कृषी कार्यक्रममा बजेट तोकेर आएमा किसान र किसानको पक्षमा काम गर्ने संघ सस्थाहरुसँग बसेर कार्यक्रमको योजना बनाएर कार्यान्वयन तिर जाँदा प्रभावकारी हुने उनको भनाई छ ।
नगरपालिकाले होटल तथा पर्यटन संघसँग सहकार्य गरेर पर्यटन सम्बन्धि काम गर्न केही बजेट छुट्याएकोे उनले बताए । पर्यटन व्यावसायलाई वृद्धि गर्ने उदेश्यका साथ उदयपुरमा सक्रिय रहेको होमस्टेलाई सामेल गराएर कार्यक्रम सञ्चालन गरिने उनले बताए । मेयर बस्नेतले कृषी र होमस्टे प्रवर्धन हुनेपर्नेमा आफु लागिरहेको र नगरपालिकाबाट हुने साथ सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले यहाँ रहेको विभिन्न होमस्टेले आफ्नो संस्कृतीलाई कसरी जगेर्ना गर्न सकिन्छ भन्ने कुरा ख्याल गर्न सुझाव दिए । साथै, स्थानिय सरकारले होमस्टेलाई प्रमोट गर्नको लागी पर्यटन क्षेत्र ठाउँ ठाउँमा घोषणा गर्नुपर्ने उनले बताए । स्थानिय सरकारले त्याहाको भौतिक पूर्वधार, मठमन्दिर देखी लिएर त्याहा भएका बस्तुहमा पनि चासो दिनु पर्ने उनले बताए ।
यस तालिमलाई विस्तार गर्दै लग्न सकिएमा कृषीलाई व्यवसायको रुपमा लान सकिने र होमस्टे जस्ता पर्यटन व्यावसायलाई पर्यटन उद्यागको रुपमा लान सकिने उनले बताए । उदयपुरमा अर्गानिक तरकारी खेतिको ब्राण्ड बनाएर बाहिरबाट आयात हुने तरकारीलाई रोक्न सक्ने हैसियत बनाउन सकिएमा यस कार्यक्रमको उदेश्य पुरा हुने उनले बताए । अर्गानिक तरकारी उत्पादन र होमस्टे अपरेटरका एक महिने सिप विकास तालिम भोली बिहिबारबाट सुरु हुने उनले बताए । यस कार्यक्रममा कृषी तर्फ १० जना र होमस्टे तर्फ १० जना गरी जम्मा २० जनालाई तालिम दिने उनले बताए । अतिथिमा नेपाल घरेलु तथा साना उद्योग माहासंघ कोशी प्रदेशका प्रदेश कमिटि सदस्य इश्वर राना मगर, नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका उपाध्यक्ष केबी ठकुरी, नेपाल घरेलु तथा साना उद्योग माहासंघ महिला समिति उदयपुरका अध्यक्ष बिना राई, त्रि.न.पा.का नगर सचिव लेख बहादुर श्रेष्ठ रहेका थिए ।