
पूर्णपुष्टि, असार ३ गते ।
अर्घाखाँची दुई जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वरेण्टीनमा रहेका दुई जना कोरोना मुक्त भएको अस्पतालले जनाएको छ ।
गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै ५ जना अर्घाखाँची आइपुगेका थिए । उनीहरुलाई पाणिनी गाउँपालिका–८ को विद्यालयको क्वरेण्टीनमा राखिएको थियो ।
उनीहरुको गत जेठ १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । प्रयोगशालामा परिक्षण गर्दा १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा जेठ १३ गते कोरोना पुष्टि भएको थियो ।
सेल्फ क्वारेन्टाईनमा बस्ने गरी उनीहरुलाई घरमा पठाइने जनाएको छ । अहिलेसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ ।
अर्घाखाँचीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने २ जना कोरोना मुक्त भएका छन् ।
